नियम ११६
पुस्तकालय समिति
(१) अदालत र मातहतका अदालतको पुस्तकालयको उचित व्यवस्थापन गर्ने गराउनेसम्बन्धमा आवश्यक नीति निर्धारण गर्न र सो नीतिको कार्यान्वयनको अनुगमन गर्ने समेतको कार्य गर्न अदालतमा एक पुस्तकालय समिति रहनेछ ।
(२) उपनियम (१) बमोजिमको समितिको गठन देहाय बमोजिम हुनेछ :–
(क) प्रधान न्यायाधीशले तोकेको अदालतको न्यायाधीश –अध्यक्ष
(ख) प्रधान न्यायाधीशले आवश्यकता अनुसार तोकेका अदालतका
अन्य न्यायाधीश –सदस्य
(ग) मुख्य रजिस्ट्रार –सदस्य
(घ) रजिस्ट्रार –सदस्य
(ङ) पुस्तकालय प्रमुख –सदस्य
(च) मुख्य रजिस्ट्रारले तोकेको अदालतको सहरजिस्ट्रार –सदस्य–सचिव
(३) उपनियम (१) बमोजिमको समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) अदालत र मातहतका अदालतको पुस्तकालयको उचित व्यवस्थापन गर्ने गराउने सम्बन्धमा आवश्यक नीति निर्धारण गरी कार्यान्वयनको अनुगमन गर्ने,
(ख) विद्युतीय पुस्तकालयको स्थापना र विकासका सम्बन्धमा आवश्यक कार्य गर्ने,
(ग) पुस्तकालयको लागि आवश्यक सफ्टवेयर, पुस्तक तथा पत्रिकाको प्रबन्ध र व्यवस्था गर्ने,
(घ) अन्य पुस्तकालयहरूसँग समन्वय र सहकार्य गरी पुस्तकालय सेवाको सहज व्यवस्थापन गर्ने ।